समाचार
बागमती गाउपालिकाको दोश्रो गाउँ शभा २०७४ फाल्गुन २१
वि.सं. २०७४/११/२१ गते सोमबारका दिन बागमती गाउँपालिकाको कार्यालय परिसरमा गाउँपालिकाको अध्यक्ष बिरबहादुर लोप्चनको अध्यक्षतामा बागमती गाउँपालिकाको दोश्रो गाउँसभा सम्पन्न भयो । कार्यक्रममा बागमती गाउँपालिकाको उपप्रमुख रञ्जना तिमल्सिना घिमिरे, प्रमुख प्रशासकीय अधिकृत बरदान सेजुवाल, सम्पूर्ण वोर्ड सदस्यहरुको आतिथ्यता रहेको थियो । निवार्चित वडा सदस्यहरु, कर्मचारीहरु लगायतको उपस्थितिमा सम्पन्न भएको यस सभाबाट बागमति गाउँपालिका शिक्ष नियमावली २०६४ एवं बागमती गाउँपालिका स्तरिय पर्यटकिय गुरुयोजना २०७४ पारित गरेको छ । यसै सभाबाट जनतासँग अध्यक्ष कार्यक्रम अन्तर्गत पशु विमा कार्यक्रमलाई कृषकहरुमाझ प्रभावकारी बनाउन गाउँपालिकाले ५०% रकम तिरिदिने, कृषि अनुदान कार्यक्रम अन्तर्गत विउ, ट्रेलर वितरण गर्ने, गाउँपालिका स्तरिय प्रयोगशाला निर्माण गर्ने, महिला शसक्तिकरण कार्यक्रम, दुध चिस्यान केन्द्र निर्माण जस्ता महत्वपूर्ण विषयहरुको निर्णय गरेको छ । सभाले आ.व. २०७४÷७५ लाइ बागमती गाउँपालिकाले सडक वर्षको रुपमा घोषण गरेर भूकम्प पिडितहरुलाई सामान ढुवानीमा राहात पु¥याएको छ । उपत्यका भित्र नै रहेता पनि भौगोलिक रुपमा कर्णालीको रुपमा परिचित यस गाउँपालिकालाई कर्मचारी मैत्री वातावरण बनाउनकालागि कर्मचारीहरुलाई खाजा भत्ता स्वारुप रु १००० प्रति महिना दिने निर्णया गरियो । यसका साथै सभालाइ तत्काल भ खष्ििबनभ उचयाष्भि निर्माण र बागमति बुलेटि प्रकाशन एवं भूकम्प पिडित बर्गलाई लक्ष्यीत गरि खानेपानीको लागि पाइप वितरण, विउ वितरण, पावर ट्रेलर वितरण्, क्रेट वितरण, डिजिटल काटा वितरण जस्ता निर्णय गरि समापन गरियो ।