FAQs Complain Problems

आ.व. ०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि राय सुझाव संकलन सम्बन्धी सूचना

आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि राय सुझाव संकलन सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति : २०८१/०२/१६)

यस गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भएको छ । गाउँपालिकाको विकास एवम् समृद्धिका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न सकिने कार्यान्वयनयोग्य, रचनात्मक एवम् नवीनतम राय र सुझाव भएमा मिति २०८१ जेष्ठ मसान्त भित्र यस कार्यालयमा वा तपसिलमा उल्लेख ईमेल तथा पोर्टलमा उपलब्ध गराइदिनु हुन सम्पूर्ण गाउँवासी, बुद्धिजीवी, विज्ञ, राजनैतिक दल, समाजसेवी, व्यवसायी, संघ संस्था, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी लगायत आम नागरिकहरुमा हार्दिक अनुरोध छ ।

तपसिल :-

ईमेल - bagmatigaupalika@gmail.com / ito.bagmatimun@gmail.com

फेसबुक पेज - https://web.facebook.com/bagmatimunlalitpur

ट्वीटर - https://twitter.com/BagmatiM

पोर्टल - https://bagmati.palika.site/

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: