FAQs Complain Problems

समाचार

ढुंगा गिटी बालुवा ग्रावेल, भरान (माटो) उत्खनन तथा विक्री वितरण सम्बन्धी बोलपत्र आहवानको सूचना

स्थानीय निकाय सरकार संचालन ऐन, २०७४ को दफा ११ घ (६), ३ नं. प्रदेश सरकारको आर्थिक ऐन २०७६ को दफा ९(१) र सो सँग सम्बन्धि अनुसुची ५ (संसोधित), गाउँ कार्यपालिकाको निर्णय र स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (IEE) मा व्यवस्था भए अनुसार देहाय बमोजिम आन्तरिक आय संकलनको (ठेक्का वन्दोवस्त) कार्य उल्लेखित न्यूनतम ठेक अंङ्कमा नघटने गरी आ.व. ०७६/०७७ (२०७६ असोज १ गते देखि २०७७ जेष्ठ मसान्त सम्म) को लागि ठेक्का बन्दोबस्त गर्नु पर्ने भएको हुँदा इच्छुक दर्तावाला फर्म वा संस्था वा कम्पनीहरुबाट सिलबन्दी बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले तोकिएको म्यादभित्र तपसिलमा उल्लेखित कानूनी प्रक्रिया पुरा गरेका इच्छुक, योग्य फर्महरुले बोलपत्र खरिद गरी सिलबन्दि बोलपत्र वा ई–विडिङ मार्फत यस कार्यालयमा दर्ता गर्न हुन अनुरोध छ । अन्य थप जानकारीका लागि कार्यालय समय भित्र बागमती गाउँकार्यपालिकाको कार्यालयमा सम्र्पक राख्न सकिने छ वा www.bagmatimunlalitpur.gov.np हेर्न सकिनेछ ।।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: