समाचार
मासु पसलले इजाजतपत्र लिनु पर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !!!!
मासु पसलले इजाजतपत्र लिनु पर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !!!!
(मितिः २०८३।०५।२५)
नेपाल सरकारले मिति २०८३ भदौ १ गते नेपाल राजपत्रमा काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा २०८३ मंसिर १ गतेदेखि पशु बधशाला र मासु जाँच ऐन, २०५५ लागू हुने गरी सूचना प्रकाशन गरेको छ। सोही ऐनको दफा ५ अनुसार पशु बधशाला स्थापना वा मासु बिक्री गर्न चाहने व्यक्ति वा संस्थाले २०८३ मंसिर १ गतेभित्र पशु बधशाला र मासु जाँच नियमावली, २०५७ को नियम ५ र ६ बमोजिम तोकिएको मासु पसलको मापदण्ड पूरा गरी इजाजत लिनुहुन यो सूचना प्रकाशन गरिएको छ । इजाजत बिना मासु पसल सञ्चालन गरेमा वा मासु बिक्री वितरण गरेमा सो ऐनको दफा १७ को उपदफा (२) वमोजिम १० हजारदेखि २० हजारसम्म जरिवाना वा तीन महिना कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको व्यहोरा यसै सूचना साथ जानकारी गराइन्छ ।